रिलायबल बैंकले १० प्रतिशत बोनस र १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले पूँजी वृद्धिका लागि बोनस सेयर पश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय शुक्रबार बसेको बैंकको दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । यसका साथै बैंकले [&hellip;]</p>

काठमाडौं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले पूँजी वृद्धिका लागि बोनस सेयर पश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

relaible_dev_bankउक्त निर्णय शुक्रबार बसेको बैंकको दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । यसका साथै बैंकले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको छ । कार्यक्रममा बोल्दै  बैंकका सिइओ नारायण बाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आगामी आ.व.मा शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताएका छन् ।

बैंकको शुक्रबारसम्मको निक्षेप ८१२ करोड रुपैयाँ र कर्जा लगानी ६५८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनकोलागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूँजी रहेको यस बैंकले अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पु¥याउने भएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

Share News