नेप्सेले माघ्यो सेयर कारोबार अवधि बढाउने विषयमा सुझाव

<p>काठमाडौं, १९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउनुपर्ने बिषय सम्बन्धि सबैसँग सुझाव मागेको छ । विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्ममा सीमित गरिएको छ । साथै बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा परिवर्तनपछि लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने [&hellip;]</p>

काठमाडौं, १९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउनुपर्ने बिषय सम्बन्धि सबैसँग सुझाव मागेको छ । विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्ममा सीमित गरिएको छ । साथै बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा परिवर्तनपछि लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने माग गरिरहेका छन् ।

nepse_press_releaseनेप्सेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘प्रविधिको विकाससँगै बजारको पहुँच विस्तारै हुँदै गएको र नयाँ लगानीकर्ताको प्रवेश गर्ने क्रम जारी रहेकोले कालको कारोबार समय बढाउनुपर्ने माग लगानीकर्ताहरुबाट भएको छ । कारोबार समय बढाउँदा सकारात्मक र नकारात्मक प्रभावहरु के के हुनसक्छन, यो बिषयमा सुझाव आवश्यक छ ।’

नेप्सेले ‘अहिलेको कारोबार अवधि सही छ या छैन, बढाउनुपर्ने आवश्यकता छ या छैन वा कति समय बढाउँदा लगानीकर्ताको माग सम्बोधन हुन्छ’ लगायतका बिषयमा अध्ययन थालिएको पनि विज्ञप्तिमा स्पष्ट छ । नेप्सेले एक साताभित्रमा कारोबार अवधिको बिषयमा कुनै सुझाव वा सिफारिस पठाएर सहयोग गरिदिन एक विज्ञेप्तिद्धारा आग्रह गरेको छ ।

Share News