काठमाडौं, १९ असार । जिल्ला विकास समितिको कार्यालय, रुपन्देहीका सहायकस्तर पाँचौ नायब सुब्बा (आन्तरिक लेखा परीक्षक) विपिन कुमार कर्णविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्णले शुरु नियुक्ति एवं बढुवा प्रयोजनको लागि बिहार विद्यालय परीक्षा समिति अन्तर्गतको मध्य परिक्षाको दोस्रो श्रेणीमा उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको नक्कली एवं झुटा प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।
आइतबार आयोगले उनलाई कानुनबमोजिम कारवाही माग गर्दै बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।