११ महिनाको व्यापार घाटा ६२० अर्ब, ६८० अर्ब आयात गर्दा ६० अर्ब निर्यात

<p>काठमाडौं, १७ असार । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ६२० अर्ब १३ करोड व्यापार घाटा व्यहोरेको छ । भूकम्प तथा भारतीय नाका बन्दीका कारण आयात तथा निर्यातमा ठुलो प्रभावका बाबजुद नेपालले ११ महिनामा ६८० अर्ब ९५ करोड मुल्य बराबरको समान आयात गरेर जम्मा ६० अर्ब ८२ करोड मुल्य बराबरका नेपाली उत्पादन मात्रै निर्यात गर्न [&hellip;]</p>

काठमाडौं, १७ असार । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ६२० अर्ब १३ करोड व्यापार घाटा व्यहोरेको छ ।
भूकम्प तथा भारतीय नाका बन्दीका कारण आयात तथा निर्यातमा ठुलो प्रभावका बाबजुद नेपालले ११ महिनामा ६८० अर्ब ९५ करोड मुल्य बराबरको समान आयात गरेर जम्मा ६० अर्ब ८२ करोड मुल्य बराबरका नेपाली उत्पादन मात्रै निर्यात गर्न सफल भएको छ ।

export_import
सो अवधीमा निर्यात २३ दशमलब १ प्रतिशतले घटेको देखिन्छ भने आयात ३ दशमलब ८ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७२/७३ को ११ महिनामा निकासी—पैठारी व्यापारको अनुपात १ः११.२ रहन आएको छ । अघिल्लो आवको सोही अवधीमा निकासी—पैठारी व्यापारको अनुपात १ः८.९ थियो ।

नेपालको कुल वैदेशिक व्यापार भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले घटेर ७४१ अर्ब ७७ करोड कायम भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८ दशमलब २ प्रतिशत र ९१ दशमलब ८ प्रतिशत रहेको छ ।

नेपालले मुलतः ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

यी हुन ठुला निर्यात भैरहेका नेपाली उत्पादन
अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १५.६ प्रतिशतले वृद्धि भर्ई ७.३१ अर्व, तयारी पोशाकको निर्यातमा ८.८ प्रतिशतले वृद्धि भई ५.२० अर्व पुगेको छ । यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५९.२ प्रतिशतले ह्रास आई ४.०२ अर्व, पोलिष्टर तथा अन्य धागोमा २०.४ प्रतिशतले ह्रास आई ४.८३ अर्व, मुसुरोको दालमा ४५.९ प्रतिशतले ह्रास आई ६१ करोड पुगेको छ । समीक्षा अवधिमा ६३ करोड छाला, ४.२७ अर्वको अलैंची, १.५९ अर्बको चिया, ४० करोडको अदुवा, ५३ करोडको चाऊचाऊ, ५६ करोड जडिवुटी, ८९ करोडको टुथपेष्ट, ३.०२ अर्बको टेक्सटाइल, २.४६ अर्वको पश्मिना सल, ६७ करोडको हस्तकलाका सामानहरु, ६२ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ ।

ठुला आयात कर्ता मुलुक
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, चीन, जापान, फ्रान्स, इटाली, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

प्रथम एघार महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ०.९ प्रतिशतले वृद्धि भर्र्ई ७०.८२ अर्ब, पेट्रोलियम पदार्थमा ४३.१ प्रतिशतले ह्रास आई ५८.२३ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा २७.० प्रतिशतले वृद्धि भई ५५.५३ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १०.३ प्रतिशतले ह्रास आर्ई २९.३० अर्ब, औषधीमा ३९.३ प्रतिशतले वृद्धि भई २४.०४ अर्ब, मशिनरी तथा पार्ट्समा ९.२ प्रतिशतले वृद्धि भर्र्र्ई ४९.९४ अर्ब, पोलिथिन ग्रेन्युल्समा ९.५ प्रतिशतले वृद्धि भई १४.३९ अर्ब, कच्चा पाम आयलमा ३३.८ प्रतिशतले ह्रास आई २.९९ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा १७.० प्रतिशतले वृद्धि भई २०.८३ अर्ब, रसायनमा ८.२ प्रतिशतले वृद्धि भर्ई ८.६७ अर्ब भएको छ । यसैगरी समीक्षा अवधिमा १२.५२ अर्ब बराबरको सुन, ६.३५ अर्व बराबरको चाँदी, १३.८३ अर्ब बराबरको रासायनिक मल तथा ८.९७ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् ।

नेपालको व्यापारिक साझेदारहरु मध्येको प्रमुख साझेदार भारततर्फको निर्यात तथा आयातमा क्रमशः ३३.७ प्रतिशत र ६.२ प्रतिशतले ह्रास आएको देखिन्छ ।

Share News