महालक्ष्मी नगरपालिकाकाे दशाैँ नगरसभा सम्पन्न

<p>काठमाडाैं । ललितपुरकाे महालक्ष्मी नगरपालिकाकाे दशाैँ नगरसभा सम्पन्न भएकाे छ । सभाले नगर प्रमुख रामेश्वर श्रेष्ठबाट पेश भएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेकाे छ । सभामा उपप्रमुख निर्मला थापाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान बजेट र न्यायिक समितिको प्रतिवेदन २०७८ पेश गरेकी थिइन् । त्यस्तै सभा सदस्य लक्ष्मण रोक्काले आर्थिक [&hellip;]</p>

काठमाडाैं । ललितपुरकाे महालक्ष्मी नगरपालिकाकाे दशाैँ नगरसभा सम्पन्न भएकाे छ । सभाले नगर प्रमुख रामेश्वर श्रेष्ठबाट पेश भएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेकाे छ ।

सभामा उपप्रमुख निर्मला थापाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान बजेट र न्यायिक समितिको प्रतिवेदन २०७८ पेश गरेकी थिइन् । त्यस्तै सभा सदस्य लक्ष्मण रोक्काले आर्थिक विधेयक २०७८ सभा समक्ष पेश गरेका थिए ।

सभाको आगामी बैठक असार १० गते ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलकाे उपस्थिती रहेको थियो ।

Share News