कर्पोरेट डेभलपमेन्ट बैंकले असार २५ गते बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र [&hellip;]</p>

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्तिको लागि संस्थाका सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ ।

साथै, असार ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Share News