काठमाडौं । नागरिक लगानी कोष र मल्टी पर्पस फाइनान्सले बुक क्लोजको मिति तय गरेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेका हुन् ।
जसमध्ये नागरिक लगानी कोषले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको साधारणसभा आगामी असार १८ गते शुक्रबार २ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितकाे प्रस्तावलाई अनुमाेदन गर्ने छ । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ८.८९४७ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश असार ७ गतेसम्म कम्पनीकाे सेयर किन्ने सेयरधनीले मात्र पाउने छन् ।
नागरिक लगानी कोषले सेयरधनीलाई १७ प्रतिशत लाभांश दिने
त्यस्तै, मल्टी पर्पस फाइनान्सले आगामी जेठ २४ गते बुक क्लोजको मिति घोषणा गरेको छ । संस्थाले आगामी असार ६ गते ११ बजे आफ्नो २३औं साधारण सभा आव्हान गरेको छ ।