एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाटै किन्न सकिने

<p>काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ । हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्ताले सहजै खरिद गर्न सकुन् भनेर क्यापिटलले उक्त व्यवस्था मिलाएको हो । अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्ताले सहजै खरिद गर्न सकुन् भनेर क्यापिटलले उक्त व्यवस्था मिलाएको हो ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै याे लिंकमा क्लिक गरि युनिट प्रचेज भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंकको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।

Share News