१ अर्ब रूपैयाँ बराबरको ‘प्रभु सेलेक्ट फण्ड’को बिक्री खुला, यस्तो छ भावी योजना

<p>काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना &#8216;प्रभु सेलेक्ट फण्ड&#8217;को निष्काशन तथा बिक्री खुला भएकाे छ । क्यापिटलले आज (जेठ ५ गते)देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाईकाे बिक्री खुला गरेकाे हाे । निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना ‘प्रभु सेलेक्ट फण्ड’को निष्काशन तथा बिक्री खुला भएकाे छ । क्यापिटलले आज (जेठ ५ गते)देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाईकाे बिक्री खुला गरेकाे हाे ।
निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । र, बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा इच्छुक लगानीकर्ताले जेठ ५ गतेदेखि छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ । उनीहरूले न्यूनतम १०० र अधिकतम ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ । यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।

कसरी दिने आवेदन ?

लगानीकर्ताले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको हुँदा लगानीकर्ताले सिडिएससीले प्रदान गरेको मेरो सेयरमा लगइन गरेर समेत आवेदन दिन सकिन्छ ।

मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरो सेयरमा गई माइ आस्बा मेनुभित्र क्लिक गरेर प्रभु सेलेक्ट फण्डको बार्यातर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरु राखेर आवेदन दिन सक्नेछन् ।

फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी

Share News