काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि बुक क्लोजको मिति तोकेको छ । कम्पनीले आगामी बैशाख २९ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तोकेको हो ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले चुक्ता पुँजीको एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । बोर्डले हालै मात्र कम्पनीलाई सो मात्राको हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ नाघ्ने छ ।