समता घरेलु लघुवित्तको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुई संस्था १ बराबर ०.८० को अनुपातमा एक आपसमा गाभिएका हुन् ।

गाभिएपछि बनेको समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २०१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । र, दोश्रो बजारमा सेयर कारोबार फुकुवा भएको छ । यससँगै, सेयरधनीले भोलि(बैशाख २१ गतेदेखि) संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।

Share News