मेरो सेयरको सेवा बेलुका ८ बजेदेखि अवरुद्ध हुने, ईडीआईएसकाे समय थप

<p>काठमाडौं । मेरो सेयरको सेवा आज चैत १७ गते बेलुका ८ बजेदेखि अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना जारी गर्दै बेलुका ८ बजेदेखि केहि समयका लागि मेरो सेयरको सेवा अवरुद्ध हुने जनाएको हो । मेरो सेयरमा आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकाले [&hellip;]</p>

काठमाडौं । मेरो सेयरको सेवा आज चैत १७ गते बेलुका ८ बजेदेखि अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना जारी गर्दै बेलुका ८ बजेदेखि केहि समयका लागि मेरो सेयरको सेवा अवरुद्ध हुने जनाएको हो ।

मेरो सेयरमा आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकाले सो समय पश्चात सेवा बन्द हुने सीडिएससीले बताएको छ ।

त्यस्तै, मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएकोमा सो को समाधानको लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएको सीडीएसले जनाएकाे छ ।

त्यस्तै, मेरो सेयरको सेवा अवरुद्ध हुँदा चैत १६ गते कारोबार भई चैत १८ गते राफसाफ तथा फछ्र्यौट हुनुपर्ने कारोबार ईडीआईएस प्रविष्टि गर्ने समय चैत १८ गते बिहान १० बजेसम्म कायम गरिएको सीडीएसले जनाएको छ ।

Share News