लाभांश पारित गर्न कालिका लघुवित्तले बोलायो सभा, सर्वसाधारणको स्वामित्व बढाउने प्रस्ताव

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ८ बजे कास्कीको बुद्धचोकस्थित होटल टास्क इन्टरनेशनलको सभाहलमा आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले संस्थापक तथा [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ८ बजे कास्कीको बुद्धचोकस्थित होटल टास्क इन्टरनेशनलको सभाहलमा आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, सभाले संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशतबाट ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व ३५.४८ प्रतिशतबाट बढाएर ४५.४८ प्रतिशत पुर्याउने प्रस्तावलाई पारित गर्ने भएको छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज हुने भएको छ ।

Share News