चिरख्वा हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

<p>काठमाडौं । चिरख्वा हाईड्रो पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो । सो सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरको तर्फबाट संचालक केदार नाथ कार्की र आरबिबि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले [&hellip;]</p>

काठमाडौं । चिरख्वा हाईड्रो पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।

सो सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरको तर्फबाट संचालक केदार नाथ कार्की र आरबिबि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

भोजपुर जिल्ला षडानन्द नगरपालिकास्थित ४.७ मेगावाटको चिरख्वा हाईड्रोले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

Share News