अझैपनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न नपाएर तनावमा हुनुहुन्छ ? अब यसरी हेर्नुहोस्

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा बाँडफाँड भएको घण्टौं बित्दा पनि हेर्न नपाएर अधिकांश लगानीकर्ता तनावमा रहेका थिए । वा कतिपय त अझै पनि तनाव मै रहेका छन् । फागुन १४ गते बिहान ८ बजेनै बाँडफाँड भएको आईपीओको रिजल्ट घण्टौं अर्थात दिनभर कुर्दा पनि आफुलाई परे नपरेको हेर्न नपाएपछि लगानीकर्ता तनावमा हुनु स्वभाविक [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा बाँडफाँड भएको घण्टौं बित्दा पनि हेर्न नपाएर अधिकांश लगानीकर्ता तनावमा रहेका थिए । वा कतिपय त अझै पनि तनाव मै रहेका छन् ।

फागुन १४ गते बिहान ८ बजेनै बाँडफाँड भएको आईपीओको रिजल्ट घण्टौं अर्थात दिनभर कुर्दा पनि आफुलाई परे नपरेको हेर्न नपाएपछि लगानीकर्ता तनावमा हुनु स्वभाविक नै हो । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले अचानक आईपीओको नतिजा तीन वटा निकायबाट मात्रै हेर्न पाउने व्यवस्था गरेपछि उक्त ताेकिएकाे निकायको साइटमा लगानीकर्ताको अधिक चाप बढेपछि लगानीकर्ता उक्त सेवा लिनबाट बञ्चित भएका थिए । र, उनीहरु तनावमा थिए ।

उक्त समस्यालाई समाधान गर्दै लगानीकर्तालाई सजिलै सेवा दिने उद्देश्यले सीडीएससीले नयाँ वेवपोर्टल सञ्चालनमा ल्याएको छ । यससँगै यदि अहिलेसम्म पनि महिला लघुवित्तको आईपीओ हेर्न नसकेका वा नपाएका लगानीकर्ताले अब सीडीएससीको नयाँ वेवपोर्टलबाट सजिलै हेर्न सक्ने छन् ।

कसरी हेर्ने त ?

तपाईंले अझै पनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न पाउनु भएको छैन भने तपाईं सीडीएससीले हालै सञ्चालनमा ल्याएको नयाँ नयाँ वेव पोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ मा जानुहाेस् । त्यसपछि तल तस्विरमा देखिएकाे जस्ताे वेव पोर्टल खुल्छ ।


जहाँ ‘महिला लघुवित्त रिजल्ट’ भनेर देख्न सकिन्छ । त्यसभन्दा तल रहेकाे सेताे बक्स जहाँ (१६-डिजिट बिओआईडी) भनिएकाे छ, त्यसमा लगानीकर्ताले आफ्नाे १६ नम्बरकाे डिम्याट खाता नम्बर टाइप गर्नुपर्ने हुन्छ । उक्त टाइप गरिएकाे नम्बर सहि छ वा छैन एकिन गरेर त्यसभन्दा तल रहेकाे ‘भ्यू रिजल्ट’ भन्ने अप्सनमा क्लिक गरेर सजिलै आफूले भरेकाे आईपीओको नतिजा हेर्न सकिने छ ।

परेकाे नपरेकाे कसरी थाहा पाउने ?

यदि तपाईंले टाइप गर्नुभएकाे नम्बर सहि छ र ‘भ्यू रिजल्ट’मा क्लिक गर्दा तल देखाइएकाे जस्ताे सेताे अक्षरमा ‘कङ्ग्रयाचुलेसन अलाेटेड!!! अलाेटेड क्वान्टिटीः १०’ देखियाे भने तपाईंलाई उक्त संस्थाकाे आईपीओ १० कित्ता पर्याे भन्ने बुभिन्छ ।


तर, ‘भ्यू रिजल्ट’मा क्लिक गर्दा तल देखाइएकाे जस्ताे राताे अक्षरमा ‘सरि नट अलाेटेड फर इन्टर्ड ओआईडी’ भनेर आयाे भने तपाईंलाई आईपीओ परेन भन्ने बुझिन्छ ।

त्यस्तै, लगानीकर्ताले अबदेखि सार्वजनिक निष्काशन भइ बाँडफाँड भएका कम्पनीकाे आईपीओकाे रिजल्ट माथि जनाइए अनुसार नै हेर्न सक्ने छन् ।

हाल सञ्चालनमा ल्याइएको नयाँ पोर्टलमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने छ । जुन सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सीडीएससीले जनाएको छ । त्यस्तै, सो पोर्टलमा लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर निष्काशन पछि बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुने बित्तिकै यथाशीघ्र सहज रुपमा हेर्न सक्नेछन् ।

सम्बन्धित समाचार

आईपीओको रिजल्ट हेर्न सीडीएससीले ल्यायो छुट्टै वेवपोर्टल, बाँडफाँड हुने बित्तिकै हेर्न पाइने

Share News