प्रतिनिधिसभा पुनर्स्थापनालाई नेप्सेको लाल सलाम

<p>काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ । बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१० बिन्दुमा झरेको छ । जबकी कारोबार शुरु भएको १७ मिनेटमै परिसूचक ८४ बिन्दुले घटेर २५०५ बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिकाे [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको सेयर बजार राताम्मे देखिएको छ । बुधबार कारोबार शुरु भएको केहि समयमै नेप्से ओरालो तर्फ मोडिएको छ ।

बजार खुलेको करिब ४८ मिनेटको अवधिमा परिसूचक ७६ अंकले घटेर २५१० बिन्दुमा झरेको छ । जबकी कारोबार शुरु भएको १७ मिनेटमै परिसूचक ८४ बिन्दुले घटेर २५०५ बिन्दुसम्म पुगेको थियो । तर त्यसपछिकाे काराेबारमा बजार अलि सम्हालिँदै गएकाे छ ।

यो समाचार तयार पार्दासम्म बजारमा एक अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सो अवधिसम्म १९० कम्पनीको कारोबार भएको थियो ।

Share News