बुक बिल्डिङ्ग: लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता

<p>काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि नागरिक लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी संस्थागत लगानीकर्ताको रुपमा याेग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले गत बुधबार (माघ २० गते) सो मात्राको कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । बोर्डले यसअघि पनि कूल ४६ कम्पनीलाई उक्त स्वीकृति प्रदान [&hellip;]</p>

काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि नागरिक लगानी कोष र एनएमबि बैंकसहित थप १८ कम्पनी संस्थागत लगानीकर्ताको रुपमा याेग्य भएका छन् । नेपाल धितोपत्र बोर्डले गत बुधबार (माघ २० गते) सो मात्राको कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।

बोर्डले यसअघि पनि कूल ४६ कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेको थियो । यससँगै कूल ६४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने भएका छन् ।

बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका कूल ६४ संगठित संस्था (४६ र १८ गरी) लाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।

थप कुन कुनले पाए स्वीकृति ?

यसअघि क-कसले कहिले स्वीकृति पाएका थिए ?

यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ ।

Share News