आईपीओ जारी गर्ने प्रस्तावसहित बुद्धभुमी नेपाल हाइड्रोले डाक्यो एजीएम

<p>काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आगामी फागुन ७ गते वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । माघ ९ गते बसेको कम्पनी सञ्चालक समितिले कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । बैठकको निणर्यअनुसार सभा काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा हुने भएको छ । सभामा सञ्चालक समितिले प्राथमिक सेयर(आईपीओ) निष्काशन [&hellip;]</p>

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आगामी फागुन ७ गते वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । माघ ९ गते बसेको कम्पनी सञ्चालक समितिले कम्पनीको १३औं वार्षिक साधारणसभा सो दिन दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो ।

बैठकको निणर्यअनुसार सभा काठमाडौंको महाराजगञ्जस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा हुने भएको छ ।

सभामा सञ्चालक समितिले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव लगेको छ । यससँगै सभाले पारित गरेसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाउने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई अनुमोदन गर्ने छ ।

Share News