माघ ९ गतेदेखि ‘सानिमा लार्ज क्याप फण्ड’को बिक्री खुला, कति गर्ने लगानी ?

<p>काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले &#8216;सानिमा लार्ज क्याप फण्ड&#8217; को माघ ९ गते शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना भोलिदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला हुने भएको हो [&hellip;]</p>

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले ‘सानिमा लार्ज क्याप फण्ड’ को माघ ९ गते शुक्रबारदेखि बिक्री खुला हुने भएको छ ।

सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना भोलिदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला हुने भएको हो ।

संस्थाले प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न लागेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो ।

योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।

Share News