बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?

<p>काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा [&hellip;]</p>

काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् ।

बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो ।

योग्य संस्थागत लगानीकर्तामा ४ वाणिज्य बैंक पनि रहेका छन् । २७ वाणिज्य बैंकमध्ये ग्लाेबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् ।

यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ ।

कुन कुनले पाए स्वीकृति ?

Share News