सेयर बजारमा उछाल, नेप्सेले पार गर्यो उच्चतम बिन्दु

<p>काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ । दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर २१५३.२५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२.८१ अंकले बढेर ४११.५१ बिन्दुमा पुगेको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ ।

दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर २१५३.२५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२.८१ अंकले बढेर ४११.५१ बिन्दुमा पुगेको छ ।

यो अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २०५ कम्पनीको ८५ लाख १४ हजार ७६१ कित्ता सेयर किनबेच भएको छ ।

Share News