एनआईबिएल एस क्यापिटलबाट निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने

<p>काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडमा निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने भएको छ । क्यापिटलले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको हो । यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिबाट एनआईबिएल एस [&hellip;]</p>

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडमा निःशुल्क डिम्याट खाता खोल्न र मेरो शेयर दर्ता गर्न सकिने भएको छ । क्यापिटलले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको हो ।

यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिबाट एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने छ ।

यसका अतिरिक्त एनआईबिएल एस क्यापिटल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

Share News