महुली लघुवित्तको साधारण सेयर नेप्सेमा सूचीकृत, सेयर काराेबार फुकुवा

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । साथै, [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार २ सय कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । साविकको नव किरण लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको नव किरण लघुवित्त र महुली लघुवित्त १००ः९५ को अनुपातमा एक आपसमा गाभिएका हुन् ।

साथै, सेयर सूचीकरण गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरिएको नेप्सले जानकारी गराएको छ ।

Share News