मनकामना केवलकारको टिकट खल्ती एपबाटै किन्न सकिने

<p>काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे । खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकले [&hellip;]</p>

काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे ।

खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकले मोबाइलमै इ-टिकट प्राप्त गर्नेछन् र त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामो लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएकाे छ ।

मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको र सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ ।

Share News