समता लघुवित्तको पुस ५ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

<p>काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको आगामी पुस ५ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको सातौं वार्षिक साधारणसभामा आगामी पुस १४ गते बस्दै छ । सभा सो दिन बिहान १०ः३० बजे बाराको सिमरास्थित होटल क्लासिकमा बस्ने [&hellip;]</p>

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको आगामी पुस ५ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको सातौं वार्षिक साधारणसभामा आगामी पुस १४ गते बस्दै छ । सभा सो दिन बिहान १०ः३० बजे बाराको सिमरास्थित होटल क्लासिकमा बस्ने भएको हो ।

उक्त निर्णय मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले सेयरधनीलाई .३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । गत भदौ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्बन्धित समाचारः

समता लघुवित्तले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने

Share News