काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ ।
११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो भने हालसम्मकै उच्च बिन्दु हाे ।
यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन । तर बिहीबारको बजारमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ र नयाँ रेकर्ड राख्न सफल भएको छ ।
याे अवधिमा सेयर बजारमा कूल २१ कराेड ६१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । याे समाचार तयार पार्दासम्म १३० कम्पनीकाे ३ लाख २९ हजार ९२८ कित्ता सेयर किनबेच भइसकेकाे छ ।
