नेपाल फाइनान्सकाे हकप्रद खुल्याे, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

<p>काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आज अर्थात मंसिर ४ गतेदेखि खुला भएको छ । कम्पनीले आजदेखि सेयरधनीलाई चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर खुल्ला [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आज अर्थात मंसिर ४ गतेदेखि खुला भएको छ । कम्पनीले आजदेखि सेयरधनीलाई चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर खुल्ला गरेको हो । सो प्रयोजनको लागि फाइनान्सले गत कात्तिक ६ गते बुक क्लोज गरेको थियो । यससँगै गत कात्तिक ५ गते बुधबारसम्म कायम संस्थाका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् । उनीहरुले आगामी मंसिर २४ गतेसम्म मेरो सेयर तथा संस्थाकाे बिक्री प्रबन्धकको जुनसुकै कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रद सेयरलाई ‘इक्राएनपी आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी ३० करोड ५५ लाख रुपैयाँ नाघ्ने छ ।

Share News