महुली र नव किरण मर्जपश्चात मंसिर ८ गतेदेखि एकीकृत कारोबार

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गते [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो ।

यससँगै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार हुने छ ।

एक आपसमा मर्जको लागि यी दुई संस्थाले गत कार्तिक १९ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएका थिए ।

Share News