हिमालयन डिष्टिलरीको खुद नाफा ९२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १२९ रुपैयाँ बढी

<p>काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो । कम्पनीले गत आव २०७६/७७को पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको बिक्री [&hellip;]</p>

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो । कम्पनीले गत आव २०७६/७७को पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढेर ६२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ४० करोड ६१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको अन्य सञ्चालन आम्दानी बढेर १ करोड ९२ लाख र सञ्चालन मुनाफा बढेर २६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा बढेर १२९.६३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १०१.१९ रुपैयाँ मात्र थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ घटेर २४९.१४ रुपैयाँमा सीमित छ ।

५७ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ सञ्चित छ ।

Share News