मिर्मिरे लघुवित्तको १२.६३ प्रतिशत लाभांश घाेषणा, चुक्ता पुँजी ४४ करोड नाघ्ने

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ४४ करोड ३६ लाख रुपैयाँ पुग्ने छ ।

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४७.३६ प्रतिशत लाभांश (४५ प्रतिशत बोनस र २.३६ प्रतिशत नगद) वितरण गरेको थियो ।

Share News