तिनाउँ मिसन डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकले आगामी मंसिर ७ गते विशेष साधारणसभा आव्हान गरेको छ । उक्त सभो सो दिन दिउँसो १ बजे रुपन्देहीको बुटवलमा रहेको संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा भिडियो कन्फ्रेरेन्सबाट हुने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनको लागि स्वीकृत भएको साथै बोनस सेयर वितरण पश्चात सेयर संरचना परिवर्तन भएकाले [&hellip;]</p>

काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकले आगामी मंसिर ७ गते विशेष साधारणसभा आव्हान गरेको छ । उक्त सभो सो दिन दिउँसो १ बजे रुपन्देहीको बुटवलमा रहेको संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा भिडियो कन्फ्रेरेन्सबाट हुने भएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनको लागि स्वीकृत भएको साथै बोनस सेयर वितरण पश्चात सेयर संरचना परिवर्तन भएकाले उक्त सभा आव्हन गरेको हो ।

बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६.६७ प्रतिशत सेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी कार्तिक २६ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै कार्तिक २५ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउने छन् ।

Share News