लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले कात्तिक २४ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न सो दिन आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय अनामनगरको सभाहलबाट भर्च्युअल जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । सो प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न सो दिन आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय अनामनगरको सभाहलबाट भर्च्युअल जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ ।

सो प्रयोजनको लागि कम्पनीले कात्तिक १३ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ । यससँगै कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २४.२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । जुन हालसम्मकै उच्च लाभांशदर हो ।

सम्बन्धित समाचारः

शिवम् सिमेन्ट्सले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

 

Share News