ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने, आजैदेखि बुक क्लाेज

<p>काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । असोज २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो प्रयोजनको लागि दुई संस्थाबीच असोज २० गते सहमति पत्रमा हस्ताक्षर भएको हो । यससँगै स्पर्श लघुवित्तको असोज २१ गतेदेखि नै सेयर कारोबार रोक्का भएको छ । [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । असोज २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सो प्रयोजनको लागि दुई संस्थाबीच असोज २० गते सहमति पत्रमा हस्ताक्षर भएको हो । यससँगै स्पर्श लघुवित्तको असोज २१ गतेदेखि नै सेयर कारोबार रोक्का भएको छ ।

उक्त संस्था प्राप्ती पश्चात संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने लघुवित्तको विश्लेषण रहेको छ ।

हाल ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कास्कीको विजयपुरमा केन्द्रिय कार्यालय रहेकाे स्पर्श लघुवित्तको चुक्ता पुँजी ९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

Share News