सिटिजन्स म्युचुअल फण्ड १ र २ को असोज १५ गते बुक क्लोज

<p>काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२ को आगामी असोज १५ गते बुक क्लोज हुने भएको छ । यी दुबै फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् । जसमध्ये सिटिजन्स म्युचुअल फण्ड-१ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई कर [&hellip;]</p>


काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२ को आगामी असोज १५ गते बुक क्लोज हुने भएको छ । यी दुबै फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेका हुन् ।

जसमध्ये सिटिजन्स म्युचुअल फण्ड-१ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड-२ले पनि गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२, सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रवद्र्धन गरिएको तथा सिबिआईएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रहेको छ ।

सम्बन्धित समाचारः

सिटिजन्स म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा, कसकाे कति ?

 

Share News