महिला सहयात्रा लघुवित्तको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त

<p>काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै महिला सहयात्रा लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सेभाबाट घोषणा गरेको [&hellip;]</p>


काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

यससँगै महिला सहयात्रा लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सेभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य सिभिल क्यापिटलले गर्ने छ । त्यसैले उक्त कार्यको लागि सेयरधनीले काठमाडौंको सुन्धारा स्थित सिटिसि मलमा सम्पर्क गर्न सक्ने छन् ।

Share News