काठमाडौं, ३० चैत । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओ बाँडफाँड भएको छ । आज गरिएको बाँडफाँडमा साना लगानीकर्तालाई माग सेयरको ३२ दशमलब ४७ प्रतिशत र ठूला लगानीकर्तालाई ८ दशमलब ५ प्रतिशत सेयर दिइएको छ । सेयर माग गर्ने आवेदकमध्ये साना लगानीकर्ताको संख्या १ लाख ६१ हजार १ सय २० थियो भने ठूला लगानीकर्ताको संख्या ५६ हजार ५ सय ४२ थियो ।
सयर नपरेको रकम भने आगामी ५ बैशाखदेखि फिर्ता गरिने भएको छ । यस्तो रकम नेपाल इन्भेष्टमेन्ट, एनआइसी एशिया र प्रभु बैंक तथा गुडविल फाइनान्सका खाता भएका लगानीकर्ताको खातामै रकम जम्मा पारिने भएको छ । अन्य लगानीकर्ताले भने चेक नै पाउनेछन् ।
सेयर बाँडफाँडमा १०, २० र ३० कित्ता सेयर माग गर्ने लगानीकर्तालाई गोलाप्रथावाट सेयर प्रदान गरिएको छ । उनीहरुले १० कित्ताको दरले सेयर पाएका छन् ।
१० कित्ता सेयर माग गर्ने आवेदकको संख्या ८ हजार ७ सय ५० थियो । गोलाप्रथावाट यसमध्ये ३ हजार ३३ जनाले १० कित्ताको दरमा सेयर पाएका छन् ।
यस्तै २० कित्ता सेयर माग गर्ने आवेदको संख्या ५ हजार ६ सय ७२ थियो । यसमध्ये गोलाप्रथावाट ३ हजार ६ सय ८३ जनाले सेयर प्राप्त गरेका छन् ।
४० कित्ता सेयर माग गर्नेले १३ कित्ता, ५० कित्ता माग गर्नेले १६ कित्ता, ६० कित्ता माग गर्नेले १९ कित्ता, ७० कित्ता माग्नेले २३ कित्ता र ८० कित्ता माग गर्ने आवेदकले २७ कित्ता सेयर पाएका छन् ।
यस्तै ९० देखि १८० कित्तासम्म सेयर माग गर्ने लगानीकर्ताले १० कित्ता पाएका छन् । १९० कित्ता माग्नेले १७ कित्ता र २० सय कित्ता सेयर माग गर्ने आवेदकले १८ कित्ता सेयर पाएका छन् । सोभन्दा बढी कित्ता माग गर्ने आवदेकले आफूले माग गरेको सेयरको ८ दशमलब ५ प्रतिशत सेयर प्राप्त गरेका छन् ।
बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर विक्री गरेको थियो । सो सेयरको मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ थियो ।