लाखौ नेपालीले राम्रै कमाए वर्ष २०७२, थ्याङ्क्यू एण्ड वाईवाई

<p>काठमाडौं, ३० चैत । धन्यवाद २०७२ साललाई । सम्पत्ति बजारमा लगानी गर्ने नेपालीले खुशीका साथ विधाई गर्न चाहान्छन् । र, स्वागत गर्न चाहान्छन् २०७३ साललाई । २०७२ सालमा भन्दा २०७३ सालमा बढी कमाई होस् । २०७२ सालमा लाखौं नेपालीले सेयर बजारमा उत्साहजनक रुपमा कमाए । हातमा नगद प्राप्त नभएको भए पनि उनीहरुको सम्पत्तिको बजार मूल्य [&hellip;]</p>

काठमाडौं, ३० चैत । धन्यवाद २०७२ साललाई । सम्पत्ति बजारमा लगानी गर्ने नेपालीले खुशीका साथ विधाई गर्न चाहान्छन् । र, स्वागत गर्न चाहान्छन् २०७३ साललाई । २०७२ सालमा भन्दा २०७३ सालमा बढी कमाई होस् । २०७२ सालमा लाखौं नेपालीले सेयर बजारमा उत्साहजनक रुपमा कमाए । हातमा नगद प्राप्त नभएको भए पनि उनीहरुको सम्पत्तिको बजार मूल्य राम्ररी वृद्धि भएको छ । चारै तिर निराशा हुँदा हुँदै पनि सेयर, सुनचाँदी, डलर, जग्गामा लगानी गर्नेले यो वर्ष राम्रो कमाएका छन् ।

bikashnews.com

bikashnews.com

सबैभन्दा बढी सेयरमा लगानी गर्नेले कमाए । नेप्सेमा सूचिकृत कम्पनीहरु जसले २०७२ सालमा साधारणसभा गरे, उनीहरुले सेयरधनीबाट स्यावासी पाउने गरि लाभांश वितरण गरे । त्यसमा पनि बैंक, विकास बैंक, फाइनान्स, बीमा समूहका सबै कम्पनीले बोनस सेयर दिएर लगानीकर्तालाई आर्थिक लाभ र खुशी बाँढे ।

२०७२ सालमा पुँजी बजार ५ खर्ब २३ अर्ब रुपैयाँले वृछि भयो । बैशाख २ गते सेयर बजारमा कुल पुँजीकरण ९ खर्ब ६८ अर्ब रुपैयाँ थियो । चैत २९ मा १४ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीकरण भएको छ । बैशाख २ गते ९४४ अंक रहेको नेप्से चैत २९ गते १३८४ अंकमा पुग्यो ।

२०७२ सालको पहिलो साता सेयर बजारमा सुधारको संकेत देखिएको थियो । बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि एक महिना कारोबार बन्द भयो । एक महिनापछि खुलेको बजारमा भूकम्पको ठूलै धक्का महसुश भयो । तीन दिनमा नेप्से करिव १०० अंकले घट्यो । जेठ १३ गते न्युनतम ८२१ अंकमा झरेको थियो ।

१३ गते नै भएको राजनीतिक सहमतिले सेयर बजारमा यू टर्न भयो । त्यसपछिका १० महिनामा सेयर बजारमा निरन्तर वृद्धि भयो । अढाई दशकको सेयर बजारको इतिहासमा यो वर्ष सेयर बजार उच्च विन्दुमा पुग्यो । नेप्से १४०० नाघ्यो । दैनिक कारोबार ७÷८ करोडबाट दैनिक १०० करोडभन्दा माथि गयो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन–‘राजनीतिक तथा आर्थिक प्रतिकुलताका बाबजुद बजार निरन्तर उकालो लागिरह्यो, नयाँ संबिधान बनेपछि लगानीकर्तामा विश्वास बढेको देखिन्छ ।’

नेपालको सेयर बजारमा बैंक तथा फाइनान्सको ठूलो हिस्सा छ । तर यिनै क्षेत्रमा भूकम्प र नाकाबन्दीको खासै ठूलो असर देखिएन् । त्यसकारण पनि सेयर बजारमा लागानी कर्ताको आकर्षण बढिरह्यो । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईका विचारमा बजार बढ्नुका चार वटा प्रमुख कारण छन् ।

पहिलो, बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नाले लगानी कर्ता सेयर बजारमा आकर्षित भए । दोस्रो, तरलता बढेपछि लगानीका तत्कालिन उपयुक्त गन्तब्यका रुपमा सेयर बजार देखियो । तेस्रो, प्राबिधिक रुपमा कारोबार सहज र पारदर्शी भएकाले पनि लगानीकर्ता आकर्षित भए । चौथो, सेयर बजारको विकासमा नेपाल धितोपत्र बोर्डको सक्रियताले पनि लगानी कर्तामा विश्वास जगायो । यो वर्ष लघुवित्त, बीमा र बैंकिङ क्षेत्रमा लगानीकर्ताले बढी कमाएका छन् ।

Share News