यसकारण स्थगित भयो बिहीबारको सेयर कारोबार राफसाफ

<p>काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो । नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनेको कारोबारको राफसाफ तथा फछर्यौट सेवा तत्कालको लागि स्थगत गरिएको सीडीएससीले जनाएको छ । गत [&hellip;]</p>


काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो ।

नेप्से कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)मा समस्या आएकोले सोही दिनेको कारोबारको राफसाफ तथा फछर्यौट सेवा तत्कालको लागि स्थगत गरिएको सीडीएससीले जनाएको छ ।

गत बिहीबारको कारोबारको राफसाफ आज (भदौ २९ गते) हुनुपर्ने थियो ।

तर, कारोबारमा समस्या भएकोले सो दिनको सेटलमेन्ट पोष्टपोन गर्नुहुन्न भनेर नेप्सेबाट पत्रचार भएकोले सीडीएससीले कारोबारको राफसाफ तथा फछर्यौट सेवा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।

Share News