एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा

<p>काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन [&hellip;]</p>

काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ।  बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।

 बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक

हाल सम्म गत आ.व. को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा एक बाणिज्य बैंककाे भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन |

७७ जिल्लाका सबैखाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ,  बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरीकर्मी के.वी. उप्रेती हुन |

Share News