आरम्भ चौतारी लघुवित्तको नाफा बढ्यो, जगेडा कोषमा थपियो ६ करोड रुपैयाँ

<p>काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव)को असार मसान्तसम्ममा ३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशतले बढी हो ।

संस्थाले अघिल्लो आवको सोही अवधिमा २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाले गत असार मसान्तसम्ममा ८८ करोड ५७ लाख निक्षेप संकलन र २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड अर्थात ५८४ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो ।

समीक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा पनि बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११५.९८ प्रतिशत, कुल सम्पत्ति प्रतिफल १.२१ प्रतिशत र तरलता अनुपात ५.२४ प्रतिशत रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ ।

Share News