काठमाडौ । ओरेयन्टल को-अपरेटिभ लिमिटेडले निक्षेपकर्तालाई प्रमाण लिएर आउन र पैसा फिर्ता लैजान भनेकाे छ । सहकारीका अध्यक्ष सुधिर बस्नेतले उक्त आग्रह गरेका हुन् ।
पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेलसँग २०७५ असार २६ गते त्रिपक्षीय सम्झौता र २०७६ वैशाख ३१ गते द्धिपक्षीय सहमति सम्झौता समेतको आधारमा जग्गा बेचेर निक्षेपकर्तालाई पैसा फिर्ता गर्न लागेकाे उनले बताएका छन् ।
ओरेयन्टल विल्डर कम्पनी घरजग्गा व्यवसाय डुबेपछि ओरेयन्टल सहकारी पनि संकटमा परेकाे थियाे । सहकारीमा बचत गर्नेले साँवा व्याज पाएका थिएनन् ।
ओरेयन्टल को-अपरेटिप साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दावी गर्न निक्षेपकर्तालाई सार्वजनिक सूचना नै जारी गरेकाे छ । निक्षेपकर्ताले सहकारीकाे वेवसाइटमा गइ निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बरसहितकाे फारम भर्ने आग्रह गरेकाे छ ।
काेभिड संक्रमणकाे जाेखिम रहेकाेले कार्यलयमा भिडभाड नगर्न र अनलाइनबाट निक्षेप दावी गर्न आग्रह गरिएकाे बस्नेतले बताए ।
निक्षेपको विषयलाई लिएर मुद्दामा गएका निक्षेपकर्तालाई अदालतकाे पैसला आएपछि मात्र भुक्तानी गर्ने उनले बताए ।
सहकारीका निक्षेपकर्ता र घरजग्गाकाे लागि अग्रिम भुक्तानी गरेका पीडितले उजुरी गरेपछि उनी लामाे समय जेलमा समेत परेकाे थिए । जेलबाट निष्किएपछि उनी व्यवसाय बचाउने प्रयासमा छन् ।