२ लाख ७३ हजारले पाए अजोड इन्स्योरेन्सको आईपीओ

<p>काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । योग्य आवेदन दिएकामध्ये [&hellip;]</p>

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । योग्य आवेदन दिएकामध्ये २ लाख ११ हजार ४ सय ९८ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको थियो । र, ८ सय १३ वटा आवेदन रद्द भएका छन् ।

कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे ।

जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

Share News