अब दोश्रो बजारमा ऋणपत्रको कारोबार हुने, लगानी बढाउन स्टक डिलर सञ्चालनमा ल्याउने

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । साथै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

उनले नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् ।

साथै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने छ । वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ । नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने अर्थमन्त्री खतिवडाले बताए।

Share News