चालु आर्थिक वर्षमा भित्रियाे ५ खर्ब ९२ अर्ब रेमिट्यान्स

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएकाे छ । संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साे मात्राकाे रेमिट्यान्स भित्रिएकाे बताएका हुन् । आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएकाे हाे । उक्त वृद्धिदर गतवर्षकाे तुलनामा न्यून रहेकाे छ । गतवर्ष साेही अवधिसम्म २३.४ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएकाे छ । संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साे मात्राकाे रेमिट्यान्स भित्रिएकाे बताएका हुन् ।

आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएकाे हाे । उक्त वृद्धिदर गतवर्षकाे तुलनामा न्यून रहेकाे छ । गतवर्ष साेही अवधिसम्म २३.४ प्रतिशतले रेमिट्यान्स बढेकाे उनले जानकारी दिए ।

त्यस्तै, चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धिदर भएको उनले जनाए ।

Share News