नागरिक लगानी कोषको १ लाख ६६ हजार कित्ता सेयर लिलामीमा, आधार मूल्य १७००

<p>काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको छ । बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । गत विहीबार कोषको साधारण [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो ।

संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको छ । बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

गत विहीबार कोषको साधारण सेयर प्रतिकित्ता २६०२ रुपैयाँमा कारोबार भएको छ । गत तीन महिनामा कोषको सेयर मूल्य अधिकतम प्रतिकित्ता ३११० रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १६८५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News