गरिमा विकास बैंकको सीईओमा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त

<p>काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । संस्थाको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, नवनियुक्त सीईओले आगामी वैशाख १ गतेदेखि [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले ढकाललाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।

संस्थाको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, नवनियुक्त सीईओले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी अर्को कार्यभार सम्हाल्ने छन् ।

Share News