श्रममन्त्री र कोरियाका राजदूतबीच भेटवार्ता, ईपिएस कोटा बढाउन मन्त्रीकाे आग्रह

<p>काठमाडौं ।  नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् । सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गरी काेटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री रायकाे भनाइ थियाे । [&hellip;]</p>

काठमाडौं ।  नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् ।

सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गरी काेटा बढाएमा लिखित परीक्षा तथा सीप परीक्षा पास गरेका श्रमिक प्रतिक्षामा बस्न नपर्ने मन्त्री रायकाे भनाइ थियाे ।

कोरिया रहेका नेपाली कामदारहरुको आत्महत्याको बारे राजदूत एच ई पार्क यंग्सिकले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय कोरियामा नेपालीको बढ्दो आत्महत्या प्रति सरकारले व्यवस्थापनका गर्ने उनकाे भनाइ छ ।

नेपाली श्रमिकले गरेका कामका विषय प्रशंसा गर्दै ईपिएस भाषा परीक्षालाई थप मर्यादित एवं व्यवस्थित गर्न कम्प्यूटरमा आधारित परीक्षा (सिबीटी) संचालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न हुने राजदूत यंग्सिकले जानकारी दिए ।

श्रममन्त्री राय यादवले आगामी दिनमा नेपाली श्रमिकहरुलाई कोरियाको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुका साथै ईपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै तालिम प्रदायक संस्थाको क्षमता विकासका लागि कोरिया सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् ।

Share News