नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित

<p>काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन [&hellip;]</p>

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।

त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वाचित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वाचित भएका म्यानले जानकारी दिएको छ ।

Share News