प्रिमियर इन्स्योरेन्सका सीईओ विश्व तिमिलाले गरे पदवहाली

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् ।

कम्पनी संचालक समितिले सिफारिस गरेको तिमिलाको नियुक्तीलाई बीमा समितिले पुस १७ गते स्वीकृत गरेको थियो । नेको इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा नेतृत्व गरेका सीईओ तिमिलाले त्यसपछि केही समय सोही कम्पनीको संचालकको जिम्मेवारी सम्हालेका थिए ।

वि.स २०३७ साल देखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतका रुपमा करियर शुरु गरेका तिमिलाले वि.स २०५३ मा नेको इन्सुरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए भने २०७२ साल देखि २०७३ सालसम्म सीईओ पदको कार्यभार सम्हालेका थिए ।

Share News