काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको थियाे ।
ग्रील उद्योगमा काम गर्ने मजदुरहरुलाई फलाम काट्दा जोड्दा चिल्याउदा चोटपटक लाग्ने खिया लागेको फलामबाट काटेको ठाउँमा टिटानस लाग्ने भएकाले सघले टिटि खोप लगाउने काम गरेको हो ।
झण्डै ३०० जनालाई टिटि खोप लगाइएको थियो भने सोही अवसरमा ग्रील तथा स्टील व्यवसायी कर्मचारी आश्रित परिवारलाई पनि उपचारको क्रममा रगतको आवश्यकता पर्ने हुदा रक्तसन्चार केन्द्रमा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले रक्तदानको समेत आयोजना गरिएको थियो ।
ग्रील तथा स्टील। व्यवसाय महासघ नेपालमा आबद्ध ६८ वटै जिल्लामा व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिम र शिविरहरु सन्चालन गर्ने महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी गराएका छन् ।